अन्तरराष्ट्रिय महिला उद्यमी मेलाको तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

अन्तरराष्ट्रिय महिला उद्यमी मेलाको तयारी पूरा

mahila-uddhami

काठमाडौं, १२ चैत । महिला उद्यमी महासंघ नेपालको आयोजनामा हुन गइरहेको चौथो ‘अन्तरराष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला’को तयारी पूरा भएको छ । यही चैत १४ गते बिहीवारदेखि १८ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने मेलाको तयारी पूरा भएको आयोजकले जानकारी दिएको हो ।

आइतवार पत्रकार सम्मेलन गर्दै आयोजक महिला उद्यमी महासंघ नेपालले मेलामा नेपालसहित अन्य ५ देशका उद्यमीको सहभागिता रहने उल्लेख गरेको छ । नेपालमा उत्पादित हस्तकलाका वस्तुको आन्तरिक बजार व्यवस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले व्यापार मेलाको आयोजना गरिएको महासंघको भनाइ छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, राष्ट्रपति महिला उत्थान कोष, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, नेपाल इन्भेस्टमेन्ट बैंक, युरोपियन युनियनलगायतको सहयोगमा उक्त व्यापार मेला हुन लागेको हो ।

मेलामा बंगलादेश, भारत, कम्बोडिया, थाइल्यान्ड, पाकिस्तानका महिला उद्यमी सहभागी हुने भएका छन् । उक्त मेलामा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुना सामान, हाते कागज, काठजन्य वस्तुलगायत उत्पादन राखिनेछ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।