अनुगमन भन्दै सरकारले दुःख दियो : व्यवसायी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अनुगमन भन्दै सरकारले दुःख दियो : व्यवसायी

bewasayi

काठमाडौं, १२ चैत । सरकारले उद्योगी तथा व्यवसायीलाई अनुगमनका नाममा दुःख दिइरहेको उद्योगीहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंले सोमवार आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा उद्योगीले अनुगमनको नाममा सरकारले तर्साइरहेको बताएका हुन् । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

कार्यक्रममा महासंघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले विनालगानी व्यवसायीबाट २५ प्रतिशत शेयर लिने गरेकाले उद्योगमैत्री वातावरण बनाउन भूमिका खेल्नुपर्ने बताए । उनले यस्तो वातावरणमा उद्योगीले चाहेजस्तो व्यवसाय गर्न नपाउने बताए ।

यस्तै, कार्यक्रममा उद्योगी तथा व्यवसायीका पक्षमा खुलेका संघ तथा महासंघ नवीकरणका लागि एकद्वार प्रणालीको व्यवस्था गर्न उद्योगीले सरकारसँग माग गरे । महासंघ काठमाडौंको आगामी दिनको यात्रा थप कठिन र चुनौतीपूर्ण भएको व्यवसायीले बताए । स्थानीय तहमा करआतंक फैलिइरहेको समेत जानकारी गराउँदै यस्ता समस्यालाई समयमै समाधान गर्नुपर्ने व्यवसायीले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);