अनिवार्य प्यान लगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्न सकिँदैन : व्यवसायी | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

अनिवार्य प्यान लगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्न सकिँदैन : व्यवसायी

काठमाडौं, २५ साउन । साना तथा मझौला व्यवसायीहरुले सरकारले सुरु गरेको अनिवार्य प्यान लगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने जनाएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा व्यवसायीहरुले तत्काल करको दायरमा आउन र मजदुरलाई अनिवार्य प्यान नम्बर लिने व्यवस्था कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।

उनीहरुले घरेलु उद्योगलाई कर मिनाहा गरिरहेको अवस्थामा सरकारले एकाएक करको दायरामा ल्याउनुको साथै मजदुरहरुलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्थाले आफुहरु अन्यौलमा परेको बताए ।

महासंघकी प्रथम उपाध्यक्ष इनु पौडेलले तत्काल उद्योगीलाई करमा जानुपर्ने र मजदुरलाई प्यान नम्बर लिनुपर्ने व्यवस्थाले समग्र उद्योग नै धरापमा पर्ने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो ।

उहाँले लघु, घरेलु तथा मझौलाको साथै महिलाद्धारा संञ्चालिन उद्योगलाई सरकारले कर छुटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उद्योगको विस्तार विना आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै उहाँले फस्टाउँदै गएको उद्योगको वृद्धि विकासमा सरकारको नयाँ कर प्रणालीले नकारात्मक प्रभाव पार्ने दाबी गर्नुभयो ।

सरकारले लागु गरेको ऐन नियम सबैले पालना गर्नुपर्ने भएकाले आफुहरु पनि मान्न तयार रहेको तर कर प्रणाली र प्यानबारे मातहतका उद्योगी र मजदुरलाई आश्वस्त तुल्याउनका लागि केही समय दिनुपर्ने तर्क गर्नुभयो ।

सकारले साउन देखि लागु हुने गरि अनिवार्य प्यान नम्बरको व्यवस्था गरेको छ । साथै मजदुर, कर्मचारी लगायतको मासिक तलब बैक मार्फत पठाउने व्यवस्था गर्न पनि भनिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);