पसल तथा व्यवसाय दर्ता गराउनेको भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पसल तथा व्यवसाय दर्ता गराउनेको भिड

उमा आलेमगर
पोखरा, १५ साउन । नेपाल सरकारले सबै क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई स्थायी लेखा नम्बर प्यान लिनुपर्ने व्यवस्था गरेसंगै खुद्रा पसलेहरुलाई पनि प्यान आवश्यक पर्ने व्यवस्था ल्याएपछि प्यान नभएका खुद्रा पसलेहरुले होलसेलबाट सामान पाउन सकेका छैनन् ।

होलसेलबाट सामान नपाएपछि खुद्रा पसलेहरु पनि प्यान लिनका लागि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ताका लागि पुगेका छन् । सामान खरिद गर्दा होलसेल पसलले प्यान नं. विना सामान नदिएपछि व्यवसाय दर्ता गराउन पसलेकोहरुको भिड लागेको हो ।

सरकारले असोज मसान्तसम्म दर्ता प्रक्रियाको लागि समय तोके पनि ठूला व्यवसायीले सामान नदिएर दुःख दिएको भन्दै पसल दर्ता गराउन आएका छन् ।

यस अघि आफ्नो पसल व्यवसाय दर्ता नगरेकाहरु पनि टाढा टाढावाट दर्ता गर्न आएका छन् । दर्ता गराउन आउनेको भिड बढ्दा घरेलु तथा साना उद्योग कार्यालयलाई मानिसको भिड थेग्न हम्मे हम्मे परेको छ ।

मानिसको यो भिडले पोखराका अधिकांश पसल व्यवसाय दर्ता विनै सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त कार्यालय प्रमुख महराज ढकालले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);