विराटनगर आन्तरिक राजस्व कार्यालयमा प्यान नम्बर लिने सर्वसाधारणको भिड | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

विराटनगर आन्तरिक राजस्व कार्यालयमा प्यान नम्बर लिने सर्वसाधारणको भिड

ऋषिता देव
विराटनगर, १६ साउन । आन्तरिक राजश्व कार्यालय विराटनगरमा अहिले प्यान नम्बर लिन आउने सर्वसाधारणहरुको भिड लाग्ने गरेको छ । सरकारले सबै क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई करको दायरामा ल्याउन प्यान अनिवार्य गरेपछि प्यान नम्बर लिनेको भीड बढेको हो ।

साउनदेखि अनिवार्य गरिएको प्यान म्याद थप गरेर असोजसम्म राखिएको छ । विराटनगर आन्तरिक राजस्व कार्यालयमा प्यान नम्बर लिनको लागि दैनिक ४० देखि ५० जनाको संख्यामा सेवाग्राही आउने गरेकोमा पछिल्लो समयमा दैनिक तीन सयदेखि चार सयसम्म सेवाग्राहीहरु आउने गरेका छन् ।

कार्यालयको सबैजसो काम अहिले अनलाईन प्रणालीबाट गर्न मिल्ने भए पनि यस प्रणालीको जानकारी नभएर सर्वसाधारणहरु कार्यालय नै धाउन बाध्य भएका छन् । कर्मचारीको अभाव नभए पनि कार्यालयको क्षमताभन्दा बढी सर्वसाधारणको घुईँचो देखिन्छ ।

यसको व्यवस्थापनको क्रममा व्यक्तिगत स्थायी लेखा नं. को फारम दर्ताको लागि मात्र कार्यालयले तीनवटा छुट्टै डेस्क स्थापना गरेर काम शुरु गरिएको छ । यति हुँदाहुँदै पनि सेवाग्राहीहरु कार्यालयमा आएर घन्टौँ लाइनमा बस्नु परेको गुनासो छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका अनुसार अहिलेसम्म ५२ हजार ९ सय ३६ जनाले व्यक्तिगत स्थायी लेखा नं दर्ता भइसकेको छ । कार्यालयले श्रावन १ गतेदेखि दैनिक तीन सय ५० देखि चार सयसम्म स्थायी लेखा नं. जारी गरिरहेको छ ।

विराटनगरमा अहिले अनलाईन प्रणालीबाट सरकारी कामहरु भइरहेको छ । यसबारे संचार माध्यममा व्यापक प्रचार प्रसार भए पनि सर्वससाधारण जनतासम्म भने अझै सूचना पुग्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);