दुई हजार भन्दा बढी तलब हुनेलाई मात्र प्यान चाहिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दुई हजार भन्दा बढी तलब हुनेलाई मात्र प्यान चाहिने

pan

काठमाडौं, ३ भदौ । दैनिक मजदुरी गर्ने र पटके काम गर्ने कामदारलाई एक पटकमा दुई हजारभन्दा कमको भुक्तानीमा प्यान नम्बर लिनु नपर्ने भएको छ । दुई हजार रुपैयाँसम्म तलब लिनको लागि प्यान नम्बर नचाहिने भएको हो ।

नयाँ आर्थिक वर्षदेखि नै सरकारले तलब भुक्तानीको लागि प्यान अनिवार्य बनाएपछि व्यवसायीहरू उक्त निर्णयको विपक्षमा उभिएका थिए । दुई हजारभन्दा बढीको वस्तु तथा सेवा खरिदमा बिल दिन अनिवार्य पान भएको बिल हुनु पर्ने बैठकले निर्णय गरेको छ ।

भेइकल कन्साइन्टमेन्ट ट्याकिङ सिस्टम (भिसिटिएस) समस्या समाधानको लागि भने राजस्व अनुसन्धान विभागका महानिर्देशकको नेतृत्वमा निजी क्षेत्रका प्रतिनिधिसमेत रहने गरी स्थायी संयन्त्र बनाउने सहमति भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);