४३ लाखले लिए प्यान नम्बर, चार महिनामै तीन लाख थपिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

४३ लाखले लिए प्यान नम्बर, चार महिनामै तीन लाख थपिए

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ४३ लाख नाघेको छ । विभिन्न सरकारी कामका साथै तलबभत्ता भुक्तानीमा लागि समेत प्यान अनिवार्य गरे पछि प्यान लिने सर्वसाधारण बढ्दै गएका हुन् ।

अर्थ मन्त्रालयका अनुसार २०७८ कात्तिकसम्ममा प्यान नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार नाै सय ३७ पुगेको छ । २०७८ असारसम्ममा प्यान लिनेको संख्या ४० लाख ६३ हजार एक सय ३१ थियो । चालु आवको चार महिनामा प्यान लिने तीन लाखले बढेका छन् ।  

सरकारले एक हजारभन्दा माथिको भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेको छ । यसैगरी विभिन्न सरकारी कामका लागि समेत प्यान अनिवार्य गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);