राजस्वको सिस्टम सधैं बिग्रन्छ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राजस्वको सिस्टम सधैं बिग्रन्छ

pan

काठमाडौं, ७ साउन । नयाँ बानेश्वरस्थित एक गल्लीमा रहेको सरकारी कार्यालय । सेवाग्राहीको ठेलमठेल । हातमा फाइल बोकेका सेवाग्राहीको लाइन ढोका बाहिरसम्म ।

कार्यालय समयअगाडि सेवाग्राहीको भीड लागिसकेको थियो । सोमबार बिहान १० बजे अन्नपूर्ण टोली कार्यालय पुग्दा सेवाग्राही आउने क्रम जारी थियो । कार्यालय नखुल्दै सेवाग्राही लाइन लागिसकेका थिए । कार्यालयको पहिलो तलामा रहेको स्थायी लेखा नम्बर (प्यान) लिने कोठामा छिर्न जोकोहीलाई हम्मे पथ्र्यो ।

ठेलमठेल गर्दै कोठाभित्र पसेका एक सेवाग्राहीले भने, ‘सास फेर्नै मुस्किल भो, न बस्ने ठाउँ छ, न व्यवस्थित लाइन ।’ भुइँतलामा राजस्व बुझाउनेको भीड पनि उत्तिकै थियो । राजस्व बुझाउन कार्यालय परिसरमा एक निजी बैंकको काउन्टर छ । कार्यालय साँगुरो ठाउँमा भएकाले पार्किङ असुविधा उस्तै । प्रमुख कर अधिकृत लालप्रसाद शर्मा पंगेनीले बस्नका लागि भुइँ तलामा कुर्सी भए पनि छिटो पालो आउँछ भनेर सेवाग्राही कोचाकोच गरेर बस्ने गरेको बताए । ‘तल कुर्सी छन् तर छिटो पालो आउँछ भनेर माथि भीड लगाउँछन्’, उनले भने, ‘भुइँतलामा कुर्सी खाली नै हुन्छन् ।’ सेवाग्राहीकै कारण भीड भएको उनको भनाइ छ ।

व्यक्तिगत प्यान लिनेको भीड

सरकारले साउनदेखि सबै कर्मचारीलाई व्यक्तिगत स्थायी लेखा नम्बर (पिप्यान) अनिवार्य गरेपछि राजस्व कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको हो । ‘साउन १ गतेबाट प्यान लिनको चाप बढेको छ’, प्रमुख कर अधिकृत पंगेनीले भने, ‘साउन मसान्तभित्र अन्तःशुल्क नवीकरण गरिसक्नुपर्ने भएकाले भीड बढेको हो । व्यवसायी तथा सामाजिक संघसंस्थाले साउनभित्र नवीकरण नगरेमा जरिबाना तिर्नुपर्ने प्रावधान छ ।’ यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);