राजश्व कार्यालयले सयममा काम नगर्दा सेवाग्राही मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राजश्व कार्यालयले सयममा काम नगर्दा सेवाग्राही मारमा

rajaswo kailali

तेज बोहरा
कैलाली, ३० भदौ । आन्तरिक राजश्व कार्यालय धनगढीले सयममा काम नगरिदिदा सेवाग्राहीले ठुलो सास्ती खेप्नु परेको छ । कार्यालयले एक घण्टामा हुने काम तीन दिन लगाउन थालेपछि सेवाग्राही मारमा परेका हुन् ।

प्रदेश नम्बर सातको साबिक सेती अञ्चल हेर्ने आन्तरीक राजस्व विभाग कार्यालय धनगढीमा समयमा काम नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । अञ्चलकै एकमात्रै आन्तरीक राजस्व विभागमा कर्मचारीको लापरबाही र सेवाग्राहीको अत्याधिक चाप हुँदा सेवाग्राहीले लगातार दुई तिन दिन देखी लाईन बसेर काम गर्नु परेको गुनासो गरेका छन् ।

पहाडी तथा दुर्गम भेगबाट आएर काम गर्नु पर्ने र दिनभरी लाईन बसेर पनि काम नहुँदा खर्च वढ्नुको साथै, सास्ती समेत व्यहोर्नुपरेको सेवाग्राहीको गुनासो छ ।

राजश्व कार्यालयमा यस अघि पनि सेवाप्रवाह चुस्त दुरुस्त नभएको सेवाग्राहीले आरोप लगाउँदै आएका छन । यस बिषयमा कार्यालय प्रमुखले भने थाहा नभएको भन्दै पन्सिने प्रयास गरेका छन् ।

सेवाग्राहीको चापवढी हुने निकाय मध्ये राजश्व कार्यालय पनि एक हो । जनताको वढी भिडभाड हुने निकायलाई सरकारले चुस्त दुरुस्त बनाउँदै लगेको दावी गरेपनि धनगढी कार्यालयले भने अझै आफुलाई सुधारेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);