मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब बजेट लाग्ने प्रारम्भिक अनुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब बजेट लाग्ने प्रारम्भिक अनुमान

Ktm MOnorail

काठमाडौं, २८ भदौ । काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब बजेट लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । ३ वर्ष भित्र मोनोरेल निर्माण गर्ने समझदारी गरेको चिनियाँ कम्पनी सिआरसीसीले तयार पारेको सम्भाव्यता अध्ययन सम्बन्धि प्रारम्भिक प्रतिवेदनमा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब बजेट लाग्ने अनुमान गरिएको हो ।

कम्पनीले बिहीबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई बुझाएको प्रतिवेदनमा ३ वर्ष भित्र मोनोरेल निर्माण गरिसक्ने योजना पनि अघि सारिएको छ ।

गत बैशाख २० गते कम्पनीले काठमाडौं महानगरपालिकासँग मोनोरेल निर्माण सम्पन्न गर्ने समझदारी गरेको थियो । प्रतिवेदनले ५ वर्ष भित्र मोनोरेल संचालन गर्ने काठमाडौं र ललितपुर महानगरपालिकाको योजनालाई साकार पार्ने विश्वास जगाएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कम्पनीले बुझाएको प्रतिवेदन अध्ययन गरेर मोनोरेल निर्माणको कामलाई तीब्रता दिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिवेदनमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ६ महिना भित्र तयार पार्ने र ३ वर्ष भित्र सो रेल निर्माण गरिसक्ने उल्लेख गरिएको छ । कार्यक्रममा सिआरसीसीका महाप्रबन्धक लि होङ्गकीले मोनोरेल निर्माणमा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);