दुई बर्षमा काठमाडौंमा मोनोरेल | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

दुई बर्षमा काठमाडौंमा मोनोरेल

rail

काठमाडौं, १६ बैशाख । काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसीआरसीसीले काठमाडौं महानगरपालकाकालई प्रस्ताव गरेको छ ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गरीसञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिए ।

चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ । सीआरसीसीले पेस गरेको उक्त प्रस्ताव अहिले महानगरपालिकाले आन्तरिक छलफल गरिरहेको जानकारी दिँदै काफ्लेले सम्बन्धित व्यक्ति र क्षेत्रसँगको आवश्यक छलफल र सुझाव सल्लाहसँगै महानगरको बार्डको अनुमोदनपछि यस प्रस्तावलाई अगाडि बढाइने बताए ।

सीआरसीसीलेपीपीपी र बीओओटी मध्ये जुनसुकै मोडेलमा निर्माण गर्ने प्रस्ताव गरेको जानकारी दिदै उनले बोर्डको अनुमोदनपछि निर्माणका लागि उक्त कम्पनीसँग थप प्रक्रिया अगाडि बढाइने बताए । आजको गोरखापत्रमा समाचार छापिएको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);