मोनोरेल सञ्चालन गर्न कम्मर कसेर लागे काठमाडौँ र ललितपुर महानगर | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

मोनोरेल सञ्चालन गर्न कम्मर कसेर लागे काठमाडौँ र ललितपुर महानगर

monorail

काठमाडौं, ५ पुस । झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायः जसो स्थानीय तहमा चुनाव लड्ने राजनीतिक दलले चुनावी घोषणापत्रमा मोनोरेल/मेट्रो रेल सञ्चालन गर्ने मुख्य एजेन्डा बनाएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

जनप्रतिनिधिमा निर्वाचित भएपछि काठमाडौँ र ललितपुर महानगपालिकाले भने संयुक्तरुपमा मानोरेल सञ्चालन गर्न कम्मर कसेर लागेका छन् ।

जसअनुसार बुधबार मात्रै यी दुई महानगरपालिकाले २७ किलोमिटर लामो चक्रपथमा मोनोरेल सञ्चालनका सम्भाव्यता देखिएपछि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरो ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गरेका छन् ।