राजधानीका तीन स्थानमा मोनोरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राजधानीका तीन स्थानमा मोनोरेल

Ktm MOnorail

काठमाडौं, १२ जेठ । राजधानीका तीन स्थानमा मोनोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरू भएको छ। काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी कार्यक्रमअनुसार तीन स्थानबाट रेल सञ्चालन गर्ने गरी सम्भाव्यता अध्ययन शुरू भएको हो।

काठमाडौंका तीलगंगा–नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन कम्पनीले अध्ययन शुरू गरेको हो। कामपा सार्वजनिक निजी साझेदारी इकाइ (पीपीपीयू) प्रमुख महेश काफ्लेले तीन ठूला कम्पनीले अध्ययन शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल काठमाडौं महानगरपालिकामा तीनवटा मोनोरेल सञ्चालन गर्ने प्रस्ताव अघि बढेको छ।

रिङरोडका लागि चाइना रेल्वे कम्पनी (सीआरसीसी भन्ने चाइनाको कम्पनी), महानगरपालिकाभित्र बग्ने नदी किनारालाई आधार बनाएर चीनकै चाइना रेल्वे सियुयान सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड र बिवाइडीका नेपाली प्रतिनिधि साइमेक्सले कलंकीदेखि तीलगंगासम्म मोनोरेल बनाउने प्रस्ताव अघि बढाएका छन्।

तीनवटै कम्पनीले मोनोरेल सञ्चालन गर्ने सम्भाव्यता अध्ययन गरी कम्पनीले नै रेल सञ्चालन गर्ने गरी प्रस्ताव तयार गरिरहेको इकाइ प्रमुख काफ्लेले जानकारी दिनुभयो। कामपाभित्रको धोवीखोला, विष्णुमती र बागमती नदी किनारामा मोनोरेल सञ्चालन गर्ने तयारी गरेको कम्पनीले सम्पूर्ण प्रस्ताव तयार गरी कामपासमक्ष पेस गर्ने र कामपासँग सम्झौता गरी कम्पनीकै नामबाट रेल सञ्चालन गर्ने जनाएको छ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);