सुन तस्करका तीन घेरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुन तस्करका तीन घेरा

gold-baramad

काठमाडौं, १६ बैशाख । नेपाल–भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन् । उनीहरुले सुन नेपालको विमानस्थल वा भूभागमा ल्याइदिने मात्रै काम गर्छन् । दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत सुन भन्सार कटाउन सक्रिय हुन्छन् । दोस्रो तहमा खास भरिया वा मध्यस्थकर्ता हुन्छन्, उनीहरुको लगानी हुँदैन । उनीहरु स्थलमार्ग रसुवा हुँदै सुन काठमाडौं भित्र्याउने गर्छन् ।

हङकङ तथा कतार, दुबईबाट सुन ल्याउन फरकफरक समूह सक्रिय छन् । नेपाल प्रहरीले ०७१ मा तयार गरेका एक प्रतिवेदनअनुसार तेस्रो तहका कारोबारी भने काठमाडौं, वीरगंज, भैरहवा र सुनौली क्षेत्रमा क्रियाशील हुन्छन् । उनीहरुले काठमाडौं आइपुगेको सुन स्थलमार्ग हुँदै भारतीय कारोबारीलाई जिम्मा दिन्छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);