हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ८९ पैसा र बिक्री दर ११९ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ४८ पैसा र बिक्री दर १३५ रुपैयाँ १६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७२पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४८ पैसा र बिक्री दर १३० रुपैयाँ १४पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १३ पैसा र बिक्री दर ८५ रुपैयाँ ५६ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ४९ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २७ पैसा र बिक्री दर १० रुपैयाँ ३२ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३१रुपैयाँ ८४ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);