ब्युँताइयो सरकारी निर्माण कम्पनी | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

ब्युँताइयो सरकारी निर्माण कम्पनी

Thekedar-Nirman_Construction

काठमाडौं, ३ भदौ । ठूला भौतिक पूर्वाधार निर्माणमा वैधानिक रुपमै आर्थिक चलखेलको जोखिम बढ्ने गरी सरकारले ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ खडा गरेको छ । यसबाट विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरुले आफ्नो स्वर्थअनुरुप काम गर्ने ठेकेदारलाई बिनाप्रतिस्पर्धा ठेक्का दिएर कमिसन खाने वैधानिक बाटो खुल्ने आशंका बढेको छ ।

पञ्चायतकालदेखि २०५८ सालसम्म विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरुले नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपाल९एनसिसिएन० मार्फत ठूला भौतिक संरचना निर्माणको काम बिना प्रतिस्पर्धा आफू नजिकका ठेकेदारलाई दिएरु गैरकानुनी कमाई गर्ने गरेका थिए ।

प्रधावशाली मन्त्रीहरुको प्रस्तावमा सरकारी ठेक्कामा काननुी रुपमै कमाउधन्दा चलाउन झन्डै २० वर्षदेखि त्यस्तै प्रकृतिको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ ब्युँताएको स्रोतले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);