वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न कल सेन्टर संचालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न कल सेन्टर संचालनमा

काठमाडौं, १८ चैत । सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न कल सेन्टर संचालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको गुनासो सुनुवाई गर्न सोमबार सोही मन्त्रालयमै स्थापना गरिएको कल सेन्टरको शुभारम्भ गरेका हुन् ।

वैदेशिक रोजगार, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रमसँग सम्बन्धित सबै विषयको गुनासो सुन्ने र तत्काल समाधान गर्ने मुख्य उद्देश्यका साथ सो कल सेन्टरको स्थापना गरिएको मन्त्री विष्टले जानकारी दिए ।

मन्त्री विष्टले कल सेन्टरले सेवाग्राहीको गुनासो तत्काल सुनुवाई गरी सम्बन्धित निकायमार्फत् समाधान गराउने कामलाई चुस्त बनाउने विश्वास पनि व्यक्त गरे ।

वैदेशिक रोजगारीको क्षेत्रमा ठगीलगायतका विविध समस्या आएपछि ती समस्या समाधान गर्न सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै कल सेन्टरको व्यवस्था गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);