ललितपुरमा जारी महिला उद्यमी मेलामा अवलोकनकर्ताको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ललितपुरमा जारी महिला उद्यमी मेलामा अवलोकनकर्ताको भीड

ललितपुर, ९ भदौ । ललितपुरमा जारी महिला उद्यमी मेलामा अवलोकनकर्ताहरुको भीड लागेको छ ।  साना तथा मझौंला व्यवसायी महासंघ नेपाल अन्तर्गतको महिला समितिले ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा गरेको महिला उद्यमी मेलामा महिला उद्यमीद्धारा निर्मित उत्पादनहरु राखिएको छ ।

कस्मेटिक सामान, मोतीका हस्तनिर्मित मालाहरुका स्टल मेलाका विशेष आकर्षकका रुपमा रहेका छन् । ती स्टलहरुमा महिला अवलोकनकर्ताहरुको उल्लेख्य भीड देखिन्थ्यो ।

त्यसैगरी अर्गानिक खाद्य उत्पादनका सामाग्रीहरुमा पनि अवलोकनकर्ताहरुले विशेष रुची देखाएका छन् । महिला उद्यमीले पनि आआफना उत्पादनबारे अवलोकनकर्तालाई व्याख्या गरिरहेका देखिन्थे ।

काठमाडौं, ललितपुर र भक्तपुरका महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकला, लत्ता कपडा, ज्वेलरी, पोते तथा मालाहरु, कस्मेटिक सामानहरु, काष्ठजन्य घर सजावटका सामानहरु, नर्सरी तथा फूलहरु, श्रृंगारका सामाग्री, तानमा बुनेका सुतीका साडी लगायतका सामग्रीहरु प्रर्दशनीमा राखिएको छ ।

मेलाले विशेष गरेर महिला उद्यमीहरुलाई आफ्ना उत्पादनको बजार प्रबद्र्धन गरेको मेला आयोजक समितिका संयोजक इनु पौडेलले जानकारी दिइन् । उनले महिलालाई आर्थिक रुपमा सवल र सक्षम नबनाएसम्म मुुलुकको समग्र विकास हुन नसक्ने बताइन् ।

उनले महिला माथिका सबै किसिमका हिंसा अन्त्यका लागि पनि महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्ने र त्यसका लागि सरकारले महिला उद्यमी लक्षित कार्यक्रम र बजेट ल्याउनुपर्नेमा जोड दिइन् ।

तीजको अवसरमा परम्परागत नाचगान भन्दा पनि मेलामा आफ्ना उत्पादनले बजार पाएकोमा महिला उद्यमी पनि दंग छन् । तीजलाई लक्षित गरेर आयोजना गरिएको मेला आईतबारसम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);