राष्ट्र बैंकको कार्यालयमा कानून मन्त्रीको ताला | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

राष्ट्र बैंकको कार्यालयमा कानून मन्त्रीको ताला

rastrabank maa tala

धनुषा, १० भदौ । प्रदेश नम्वर दुइका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंक जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै मन्त्री यादवले आइतवार तालवन्दी गरेका हुन् ।

दुई नम्वर प्रदेशले भदौ १० गते अर्थात रक्षा बन्धनको दिन सार्वजनिक विदाको घोषणा गरेको थियो । तर, राष्ट्र बैंकले अटेर गरेकाले वन्द गर्नूपरेको मन्त्री यादवको भनाई छ ।

मन्त्री यादव तालावन्दी गर्न राष्ट्र बैंक आफै गएका थिए । तर, मन्त्री यादवले ताला लगाएको केही घण्टा नविदै फेरी खुला गरिएको थियो । संघिय सरकारबाट विदा बारे परिपत्र नआएकाले कार्यालय खुला राख्नु परेको राष्ट्र बैंक जनकपुर शाखाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);