लुम्बिनी प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

लुम्बिनी प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा रहेका जनता समाजवादी पार्टी नेपालका तीन मन्त्रीहरु पदमुक्त भएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका जसपाका सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएका हुन् ।

शुक्रबार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै उनीहरु पदमुक्त भएको जानकारी गराएको हो । जसपाले सचिवालयलाई पत्र पठाएपछि उनीहरुको पद खारेजी गरिएको सूचनामा उल्लेख छ ।

यसअघि नै जसपाले सांसदबाट पदमुक्त गरेका तीनै जना पोखरेलको नेतृत्वमा बनेको सरकारमा मन्त्री बनेका थिए ।

लुम्बिनी प्रदेशमा रहेका जसपाका ६ जना सांसदमध्ये ३ जना एमाले नेतृत्वको सरकारलाई समर्थन गर्दै मन्त्री बनेका थिए ।

जसपाको उपेन्द्र यादव पक्षले यिनीहरुलाई कारबाही गरेको थियो तर सर्वोच्चले उनीहरुको पद पुनर्बहाली गरेको थियो । तर अहिले यादवले निर्वाचन आयोगबाट नै पार्टीको आधिकारिकता पाएपछि पुनः पार्टीको निर्देशन नमानेको भन्दै कारबाही गरेको पत्र प्रदेश सभा सचिवालयमा पठाएको छ जसका आधारमा प्रदेश सभाले उनीहरुको पदमुक्त गरेको हो ।

उनीहरुको मुद्दा भने अदालतमा अझै विचाराधीन नै रहेको छ । मुद्दाको सुनुवाइको लागि भदौ १७ गते पेशी तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);