लुम्बिनी प्रदेशका जसपाका तीन सांसदको सुनुवाइ न्यायाधीश इश्वर खतिवडाको इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनी प्रदेशका जसपाका तीन सांसदको सुनुवाइ न्यायाधीश इश्वर खतिवडाको इजलासमा

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीले पदमुक्त गराएका तीन प्रदेश सांसदहरुको रिटमाथि सोमबार सुनुवाइ हुँदै छ ।

तीन प्रदेश सांसदहरुको रिट न्यायाधीश इश्वर खतिवडाको एकल इजलासमा परेको छ ।

यसैबीच ईश्वर खतिवडाकै इजलासमा लुम्बिनीका जसपाले पदमुक्त गराएका तीन प्रदेशसभा सदस्यहरुको रिटमाथि पनि आजै सुनुवाइ हुने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका जसपाका सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई जसपाले कारबाही गर्दै पदमुक्त गरे पछि उनीहरु सर्वोच्च पुगेका हुन् ।

सर्वोच्चले उनीहरुको पद पुनर्बहाली गरेको थियो । तर यादव पक्षले निर्वाचन आयोगबाट नै पार्टीको आधिकारिकता पाएपछि पुनः पार्टीको निर्देशन नमानेको भन्दै कारबाही गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);