लुम्बिनीका जसपाका ३ सांसदको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चले ग-यो अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

लुम्बिनीका जसपाका ३ सांसदको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चले ग-यो अस्वीकार

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका लुम्बिनी प्रदेशका ३ सांसदको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका जसपाका सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीको विधान विपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले कारबाही गर्दै पदमुक्त गरेपछि उनीहरु सर्वोच्च पुगेका हुन् ।

यसअघि पनि सर्वोच्चले पदपुनर्बहाली गरिसकेका तीनै जनालाई जसपाका उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाए पछि पुन कारबाही गरेको थियो । यसअघिको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्था मै रहेको बेला पुन कारबाही गरिएको भन्दै उक्त कारबाही यथास्थितीमा राख्न माग गर्दै उनीहरु सर्वोच्चमा पुगेका थिए ।

सोमबार न्यायाधीश इश्वर खतिवडाको इजलासले रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै भदौ ८ गते छलफलका लागि बोलाएको छ ।

आदेशमा लेखिएको छ–‘‘अन्तरिम आदेश जारी गरी पाउँ भनी निवेदन माग रहेको सन्दर्भमा हेर्दा दुबै पक्षसँग छलफल गरी टंगो लगाउन उपयुक्त देखिँदा मिति २०७८–५–८ का दिन उपस्थित हुन प्रत्यर्र्थीहरुलाई सूचना दिई सो मिति २०७८–५–८ गते अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि नियमानुसार गर्नु ।’’

Leave a Reply