सभामुख र निर्वाचन आयोगविरुद्धको एमालेको रिटमाथि आज सुनुवाइ नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सभामुख र निर्वाचन आयोगविरुद्धको एमालेको रिटमाथि आज सुनुवाइ नहुने

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ नहुने भएको छ ।

एमालेले दायर गरेको रिट शुक्रबार न्यायाधीश मीरा खड्काको एकल इजलासमा तोकिएको थियो । तर न्यायाधीश खड्का संयुक्त इजलास पनि रहेको र आज शुक्रबार भएका कारण एकल इजलासमा नबस्ने बताइएको छ ।

एमालले भदौ १ गते माधवकुमार नेपाल सहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो । तर सभामुख सापकोटाले संविधानले नदिएको अधिकार प्रयोग गर्दै उनीहरुको कारबाही रोकेर राखेको भन्दै सापकोटाविरुद्ध एमालेले रिट दायर गराएको थियो ।

साथै एमालेले कारबाही गरेका १४ सांसदको सनाखत सहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराउनु गलत भएको भन्दै निर्वाचन आयोग विरुद्ध पनि रिट दायर गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);