सांसद पदमुक्त भएका लुम्बिनी प्रदेशका ३ मन्त्री सर्वोच्च जाने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सांसद पदमुक्त भएका लुम्बिनी प्रदेशका ३ मन्त्री सर्वोच्च जाने

काठमाडौं । सांसद पदमुक्त भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् ।

पार्टीको निर्णयविरुद्ध शंकर पाखरेल नेतृत्वको सरकारमा मन्त्री बनेको भन्दै जसपाले कारबाही गरेपछि लुम्बिनी प्रदेशसभा सचिवालयले शुक्रबार तीन मन्त्रीको सांसद पद खारेज गरिएको सूचना जारी गरेको थियो ।

यो पनि पढ्नुहोस

लुम्बिनी प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा रहेका जसपाका मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेयले आफ्नो पद यथावत हुनुपर्ने जिकिर गर्दै सर्वोच्च अदालत जान लागेका हुन् । यसअघि कारबाहीको मुद्धा सर्वोच्चमा बिचाराधीन रहँदारहँदै पनि पार्टीले कारबाही गर्नु अदालतको मानहानी भएको उनीहरुको दाबी छ ।

अन्तिम फैसला नआउन्जेल गरिएको कारवाही अवैधानिक रहने भएकाले सांसद पद थमौतीका लागि परमादेश माग गर्दै अदालत जाने उनीहरुको तयारी छ ।

यसअघि पनि जसपाले उनीहरुलाई कारबाही गर्दै बैशाख १६ गते सांसद पदमुक्त गरेको थियो तर उनी सर्वोच्च गएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उनीहरुको पद थमौती गरिदिएको थियो । सोही मुद्दामा उनीहरुलाई सर्वोच्च अदालतले भदौ १७ गतेको बोलाएको छ ।

यसरी अन्तिम फैसला आउनु अघि पार्टीले कारबाही गर्नु अवैधानिक भन्दै सर्वोच्च जाने तयरी उनीहरुले गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);