प्रकाण्डलाई पटक–पटक पक्राउ गरेकोमा बाबुराम असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं, १० भदौ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मालाई सरकारले पटक–पटक पक्राउ गर्ने काम गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

संयोजक भट्टराईले अधिकार प्राप्तीको आन्दोलन गर्ने सबैको नैसर्गिक अधिकार हुने भन्दै नेत्रबिक्रम चन्द नेतृत्वको नेकपासहितका शक्तिहरुसँग राजनीतिक व्यवहार गर्न सरकारसँग माग गरे ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले पञ्चायत कालको झल्को आउने गरी बिश्वकर्मालाइ अदालतले छोड्ने तर राज्यले पक्राउ गर्ने गरेको भन्दै त्यस्तो खालको व्यवहार राज्यले गर्न नहुने उल्लेख गरे ।

भट्टराईले प्रकाण्डले लिएको बाटोमा आफू सहमत हुन नसक्ने तर उनीहरुको मुद्दालाई भने राज्यले बुझ्नुपर्ने बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);