महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्छः राष्ट्रिय सभा उपाध्यक्ष अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्छः राष्ट्रिय सभा उपाध्यक्ष अर्याल

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय महिला आयोगको २१ औँ स्थापना दिवस तथा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिलाहरु चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताउनुभएको हो । उहाँले स्थानीय तह, प्रदेश सभा र संघीय संसद सबै ठाउँमा ५० प्रतिशत उम्मेदवार पुरुष र ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने बताउनु भयो । नेपालमा पुरुषको भन्दा महिलाहरुको जनसंख्या बढी रहेको उल्लेख गर्दै उहाँले महिलाहरु ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सिमित हुनु नहुने बताउनु भयो ।

उपाध्यक्ष अर्यालले राज्यका निकायहरुको प्रमुख पदहरुमा महिलाको प्रतिनिधित्व पनि कम भएको भन्दै प्रमुख पदहरुमा महिला प्रतिनिधित्व गराउनतर्फ ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले महिलाहरुलाई समानुपातिकबाट प्रतिनिधित्व गराउँदा उसको योगदान र इतिहासलाई समेत अवमूल्यन गरेर आरोप लगाउने गरिएको बताउनु भयो । उहाँले प्रत्यक्षतर्फ महिलाहरुलाई ४० प्रतिशत उम्मेदवार बनाउँदा आर्थिक चलखेलका घटना घट्ने र निर्वाचन प्रणालीमा शुद्धीकरण समेत हुने बताउनु भयो ।

उपाध्यक्ष अर्यालले राजनीतिक पार्टीको शीर्ष तहमा पनि महिलाहरुलाई पु¥याउनुपर्ने बताउनु भयो । हालसम्म राजनीतिक दलको निर्णायक तहमा महिलाहरुको भुमिका हुन नसकेको भन्दै उहाँले अब त्यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले राष्ट्रिय महिला आयोगले भुईं तहका महिलाहरुको लागि काम गर्नुपर्ने बताउनु भयो । उहाँले भुईंतहका महिलाहरुलाई परेका पीर, मर्का र समस्या समाधानका लागि काम गर्न महिला आयोगलाई आग्रह गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);