अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न नपाइने, खुल्ला विक्रि गरे कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न नपाइने, खुल्ला विक्रि गरे कारबाही

petrol oli

काठमाडौं, ११ माघ । काठमाडौं प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ विक्रिमा रोक लगाएको छ । प्रहरीले पम्प सञ्चालकहरुले खुला भाँडामा पेट्रोलियम पदार्थ भरेर विक्रि गर्ने गरेको पाइएको भन्दै रोक लगाउन आग्रह गरेको हो ।

जिल्ला प्रहरी परिसर कामठाडौंले मंगलबार सुचना जारी गर्दै पेट्रोलियम पदार्थ खुल्लारुपमा विक्रि गर्दा असुरक्षित हुने भन्दै बोतल र जर्किनमा पेट्रोल नबेच्न आग्रह गरेको हो । यदि आग्रह नमाने वा उल्लंघन गरेमा कानुन अनुसार कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ ।

मंगलबार काठमाडौंको बानेश्वरस्थित संसद भवन अघि इलामका प्रेमप्रसाद आचार्यले आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदहको प्रयास गरेका थिए । उनको आज उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

एक महिना अघि एक युवतीले पनि इन्जेगमेन्ट टुटाएको भन्दै युवकको घर अगाडी आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदह गरेकी थिइन् । उनको पनि उपचारको क्रममा निधन भएको थियोे । युवकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);