कोरोनाको दोस्रो लहर : यी हुन् विद्यालय बन्द हुने शहर (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोनाको दोस्रो लहर : यी हुन् विद्यालय बन्द हुने शहर (सूचीसहित)

काठमाडौं । कोरोना जोखिम बढेपछि कोरोना प्रभावित ठाउँका विद्यालय बन्द गरेको ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठका अनुसार आजै देखि लागू हुनेगरी सरकारले देशका ठूला शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणको जोखिम बढेको भन्दै कोरोनाको उच्च जोखिममा रहेका जिल्लामा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । ती क्षेत्रका विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन हुनेछ ।

जसमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विद्यालय बन्द हुनेछन् । काभेपलाञ्चोकका बनेपा र धुलिखेल तथा चितवनको भरतपुरका विद्यालय बन्द हुनेछन् ।

झापाको काँकडभिट्टा, बिर्तामोड र दमक, मोरङको विराटनगर सुनसरीको इटहरी र धरानमा विद्यालय बन्द हुनेछन् । पर्साको वीरगञ्ज, धनुषाको जनकपुर र सप्तरीको राजविराजका विद्यालय पनि बन्द हुनेछन् ।

मकवानपुरको हेटौंडा, रुपन्देहीको भैरहवा र वुटवल कास्कीको पोखरा, दाङको घोराही र तुलसीपुुर, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, कञ्चनपुरको भीमदत्त नगरमा पनि विद्यालय बन्द हुनेछन् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);