अपराधीलाई कानुनको दायरामा ल्याएपछि मात्रै शव बुझ्ने पुडासैनी परिवारको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अपराधीलाई कानुनको दायरामा ल्याएपछि मात्रै शव बुझ्ने पुडासैनी परिवारको माग

चितवन, २१ साउन । चितवनको कङगारु होटलमा मृत अवस्थामा फेला परेका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीका परिवारले घटनाको चाँडो भन्दा चाँडो छानविन गरी अपराधीलाई कारबाही गर्न माग गरेका छन् ।

सोमबार राति बास बसेको होटलमा झुन्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव फेला परेको थियो । पत्रकार पुडासैनी आत्महत्या गर्ने प्रवृत्तिका नभएको र घटनाको अवस्था हेर्दा पनि हत्या भएको देखिएको भन्दै परिवारले प्रहरीलाई अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गरेको हो । प्रहरीले अपराधीलाई कारबाहीको दायरामा नल्याएसम्म होटलबाट शव नउठाउने मृतक पत्रकार पुडासैनीका बुवा अनन्त पुडासैनीले बताउनु भयो ।

प्रहरीले भने पोष्टमार्टमका लागि परिवारले भनेको अस्पतालमै लैजाने भनेको छ । परिवारले किटानी जाहेरी गरेकाहरुलाई नियन्त्रणमा लिन तयार रहेको प्रहरीको भनाई छ ।

घटनाको अनुसन्धानका लागि विषेश अनुसन्धान कमिटि गठन गरेर सत्यतथ्य पत्ता लगाउने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दान बहादुर मल्लले जानकारी दिनुभयो । मृतक पत्रकार शालिकराम पुडासैनी विगत डेढ महिना देखि माउन्टेन टेलिभजनको खोजमुलक कार्यक्रम मिसन न्युजमा आवद्ध हुनुहुन्थ्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);