‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन ध्यान केन्द्रीत : मन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन ध्यान केन्द्रीत : मन्त्री भट्टराई

योगेश भट्टराई

काठमाडौं, २१ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन आफूले ध्यान केन्द्रित गर्ने बताउनु भएको छ ।

मन्त्री भट्टराईले सो भ्रमण वर्षलाई सफल बनाउने गरी आगामी १५ दिन भित्र विस्तृत कार्ययोजना सार्वजनिक गर्ने घोषणा पनि गर्नु भयो । मंगलबार नेपाल चलचित्र निर्माता संघका पदाधिकारीहरुसँग आफ्नै मन्त्रालयमा भएको सामूहिक भेटमा उहाँले सो भ्रमण वर्षलाई सफल बनाउन लेखक, कलाकार, पत्रकार सबैसँग सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री भट्टराईले सो नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी चलचित्र कर्मीहरुले गर्ने सबै खालको कार्यक्रममा आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);