'नेपाल भ्रमण वर्ष–२०२०'लाई सफल बनाउन ध्यान केन्द्रित,१५ दिन भित्र कार्ययोजना सार्वजनिक गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन ध्यान केन्द्रित,१५ दिन भित्र कार्ययोजना सार्वजनिक गर्ने

Yogesh-Bhattarai

काठमाडौं, २२ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन आफूले ध्यान केन्द्रित गर्ने बताउनु भएको छ ।

मन्त्री भट्टराईले सो भ्रमण वर्षलाई सफल बनाउने गरी आगामी १५ दिन भित्र विस्तृत कार्ययोजना सार्वजनिक गर्ने घोषणा पनि गर्नु भयो । मंगलबार नेपाल चलचित्र निर्माता संघका पदाधिकारीहरुसँग आफ्नै मन्त्रालयमा भएको सामूहिक भेटमा उहाँले सो भ्रमण वर्षलाई सफल बनाउन लेखक, कलाकार, पत्रकार सबैसँग सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पार्नु भयो । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरु भित्र्याउन आफूले मुख्य ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

मन्त्री भट्टराईले सो नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी चलचित्र कर्मीहरुले गर्ने सबै खालको कार्यक्रममा आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);