नेपाल एयरलाईन्सलाई उन्नत स्तरमा पुराउने मन्त्री भट्टराईको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

नेपाल एयरलाईन्सलाई उन्नत स्तरमा पुराउने मन्त्री भट्टराईको प्रतिवद्धता

yogesh bhattarai-flying school

काठमाडौं, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल एयरलाईन्सलाई उन्नत स्तरमा पु-याउने प्रतिवद्धता दोहो-याउनु भएको छ ।

मन्त्री भट्टराईले नेपाली विमानलाई युरोप, अमेरिकाको आकाशमा निर्वाध ढंगले उडान भर्नेगरी सम्वद्ध पक्षसँग तत्काल छलफल गर्ने पनि बताउनु भयो । उहाँले अन्तराष्ट्रिय आकाशमा नेपालको विमानलाई उडान भर्न केही समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले सम्बन्धित देशसँग संवाद गर्ने पनि स्पष्ट पार्नु भयो ।

मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सम्वद्ध सबै पक्षलाई केन्द्रित हुन पनि आह्वान गर्नु भयो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सबै राजनीतिक दलका नेताहरुको प्रतिवद्धता लिने अभियानलाई पनि सरकारले अघि बढाउने योजना अघि सार्नु भयो । मन्त्री भट्टराईले सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने पनि बताउनु भयो ।

ताजा समाचार