नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजको खोजी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजको खोजी

narayanhiti

काठमाडौं, २१ साउन । संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ । राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा राखेका महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्यलाई अघि बढाएको हो ।

यसै अभियान अन्तरगत समितिले सरकारलाई सो दस्तावेज कहाँ छ ? त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफ समेत दिन सकेको छैन । मंगलबार समितिको बैठकमा उपस्थिति हुनु भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि ती सबै दस्तावेज सरकार कहाँ आए/नआएको एकीन नभएको जवाफ दिनु भयो । उहाँले सो दस्तावेज पूर्व राजा ज्ञानेन्द्र शाहसँगै गयो की भनि आशंका पनि गर्नु भयो ।

‘त्यतिबेला सबै राष्ट्रिय महत्वका दस्तावेज दरबारमा केन्द्रित थिए,’ मन्त्री ज्ञवालीको भनाई थियो, ‘ती सबै यता आएकी आएनन् एकीनका साथ भन्न सकिने अवस्था छैन, जे–जे दस्तावेज थिए भन्ने हामीलाई सूचना छ । तिनीहरुको खोजी गर्ने क्रममा के–के छुटे बुझ्न सकिन्छ । सबै हस्तान्तरण नभएको बुझेका छौ, पूर्व राजा ज्ञानेन्द्र शाहसँगै गयो कि ?’ मन्त्री ज्ञवालीले समितिको बैठकमा आफैमाथि प्रश्न पनि गर्नु भयो, ‘ नारायणहिटी दरबारमा महत्वपूर्ण दस्तावेज त्यहीँ बाँकि छ वा कुनै ढंगले नष्ट भयो ? त्यसको बारेमा एकीन ढंगले भन्न सकिने अवस्था छैन ।’

बैठकमा समितिका सभापति रामनारायण बिडारीले सुगौली सन्धियताका नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तराष्ट्रिय सन्धिसम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिएपनि जवाफ नआएको बताउनु भएको थियो ।

समितिका सदस्य राधेश्याम अधिकारीले नारायणहिटी राजदरबारका महत्वपूर्ण दस्तावेज कहाँ छन् भनि मन्त्री ज्ञवालीलाई प्रश्न गर्नु भएको थियो । मन्त्री ज्ञवालीले तत्कालीन नारायणहिटी दरबारको कतिपय दस्तावेज भने राष्ट्रिय अभिलेखालयमा आएको र त्यसलाई व्यवस्थित बनाएपछि समितिले पेश गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);