भीमसेनकालीन ऐतिहासिक दस्तावेजको खोजविन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भीमसेनकालीन ऐतिहासिक दस्तावेजको खोजविन सुरु

काठमाडौं, ९ साउन । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले तत्कालीन विभिन्न ऐतिहासिक दस्तावेजहरुको खोजवीन सुरु गर्ने भएको छ ।

राष्ट्रिय विभूति भीमसेन थापाको २ सय ४३ औं जन्मजयन्तिको अवसर पारेर बुधबार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले भीमसेन थापाकालीन विभिन्न ऐतिहासिक दस्तावेजहरुको खोजवीन सुरु गर्ने योजना सार्वजनिक गरेको हो ।

भीमसेन थापाजस्ता देशभक्त निडर शासकको पालाका ऐतिहासिक दस्तावेज खोजवीनका लागि आवश्यक विचार विमर्शको कार्यक्रमलाई पनि निरन्तरता दिइने प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनले भीमसेन थापाको निडर र वीरतापूर्ण संघर्षका कारण तत्कालीन अंग्रेजसँगको युद्धमा नेपालले विजय हासिल गर्न सफल भएको बताए । प्रतिष्ठानले राष्ट्रिय विभूति भीमसेन थापाको योगदानको कदर गर्दै पुरस्कार समेत प्रदान गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);