पत्रकार पुडासैनीको रहस्यमय मृत्युले नेपाली सञ्चार जगत स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

पत्रकार पुडासैनीको रहस्यमय मृत्युले नेपाली सञ्चार जगत स्तब्ध

काठमाडौं, २१ साउन । माउन्टेन टेलिभिजनको खोजमूलक कार्यक्रम मिसन न्युजका पत्रकार शालिकराम पुडासैनीको रिपोर्टिङका सिलसिलामा चितवनमा रहस्यमय मृत्यु भएको छ । समाजमा देखिएका विकृति, विसंगति र भ्रष्टाचारलाई समाचारका रुपमा माउन्टेन टेलिभिजनमार्फत् उजागर गरिरहनु भएका पत्रकार शालिकरामको रहस्यमय मृत्युले सम्पूर्ण नेपाली सञ्चार जगतलाई स्तब्ध बनाएको छ । पत्रकार शालिकरामलाई बास बसेको होटलमा मृत भेटिएको छ ।

आवाजविहिनहरुको आवाज बन्न सँधै तत्पर रहनु हुने पत्रकार शालिकराम पुडासैनीलाई बास बसेको होटलमा मृत अवस्थामा भेटिएको छ । रिपोर्टिङको क्रममा चितवन पुग्नु भएको पुडासैनीलाई सोमबार राति चितवको पोखरा बसपार्कस्थित कङगारु होटलको कोठा नं.२०२ मा मृत अवस्थामा फेला पारिएको हो ।

शालिकराम पुडासैनी माउन्टेन टेलिभिजनको खोजमूलक कार्यक्रम मिसन न्युज डेढ महिनादेखि संलग्न हुनुहुन्थ्यो । सार्वजनिक सवारी साधनमा भएको सिण्डिकेट, बस व्यवसायीरुले रुट परमिटमा गरेको अनियमितता, वैदेशिक रोजगारीको नाममा भएको ठगी र विदेशमा अलपत्र नेपाली कामदारको समस्यालाई माउण्टेन टेलिभिजनमार्फत उजागर गर्दै आउनु भएको थियो ।

पुडासैनीको रहस्यमय मृत्यूले अहिले सामाजिक सञ्जालमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्ने तथा उहाँको रहस्यमय मृत्यू आत्महत्या हो या हत्या भन्ने आशंकाहरु देखिन थालेको छ ।

शालिकराम पुडासैनीसंगै माउण्टेन टेलिभिजनको मिसन न्युजमा कार्यरत रहनु भईसकेका सागर सिंह ठकुरीले श्रद्धाञ्जलीका साथमा घटनाको सत्यतथ्य खोजीका लागि पनि माग गर्नु भएको छ ।

त्यस्तै इन्द्र क्षेत्रीले देश र जनताले सच्चा निडर पत्रकार गुमाएको भन्दै दोषी पत्ता लगाई कारबाही गर्न माग गर्नु भएको छ ।

नेपाल पत्रकार महासघंका सचिव रामप्रसाद दाहालले पत्रकार महासंघले यो घटनालाई गम्भीर रुपमा लिएको पोस्ट गर्दैै नेपाल पुलिसलाई झक्झकाउनु भएको छ ।

शालिकराम पुडासैनी माउन्टेन टेलिभिजनमा आवद्ध हुनु पुर्व न्यूज ट्वान्टी फोरका रवि लामिछानेसंग आवद्ध हुनुहुन्थ्यो । पत्रकार रवि लामिछानेले यो खबरले आफुलाई स्तव्ध बनाएको भन्दै भाव विह्वल हँुदै निडर पत्रकार भएको उल्लेख गर्दै पोस्ट गर्नु भएको छ । रवि लामिछाने

त्यस्तै पत्रकार शारदा थापाले पत्रकारको जीवनको कुनै भर नहुने आशय व्यक्त गर्नु भएको छ ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यूसंगै निडर पत्रकारहरुको पाईला फेरि एकपटक डगमगाएको छ । समयसमयमा आउने दवाव तथा प्रभावहरुको वास्ता नगरी देश तथा विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि तत्पर रहनु भएका पुडासैनीलाई गुमाउनु सम्पुर्ण सञ्चार जगत् लगायत सम्पुर्ण जनताकै लागि ठूलो क्षति हो । यसले पत्रकारको सुरक्षा खोई ? भन्ने गम्भीर प्रश्न पनि उठाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);