संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपालीको चाहना र आवश्यक्ता होइन : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपालीको चाहना र आवश्यक्ता होइन : कमल थापा

kamal thapa

काठमाडौं, २४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपाली जनताको चाहना र आवश्यक्ता नभएको दावी गरेका छन् । अध्यक्ष थापाले विदेशीको दवाव र प्रभावमा लादिएकाले आफ्नो पार्टीले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने निर्णय लिनु परेको स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय पार्टीको भेलामा बोल्दै उनले आन्दोलनको राप र तापमा पारेर लादिएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई हटाएर राजसंस्थासहितको हिन्दु राज्य स्थापना गर्ने लक्ष्यका साथ आफ्नो पार्टी अघि बढिरहेको बताए । नेपालको पहिचानलाई जोगाई राख्न पनि मुलुकलाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने अध्यक्ष थापाको तर्क छ ।

अध्यक्ष थापाले काँग्रेस र कम्युनिष्टहरुले गलत बाटो लिएको दावी गर्दै आफ्नो पार्टीलाई मुलुकको वैकल्पिक शक्तिको रुपमा विकास गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);