कमल थापाले कोटको खल्तीबाट झिकेर धर्म निरपेक्षता लेखेको पर्चा जलाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कमल थापाले कोटको खल्तीबाट झिकेर धर्म निरपेक्षता लेखेको पर्चा जलाए

काठमाडौं, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्मनिरपेक्षताको विरोध र राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको माग गर्दै राजधानीमा प्रर्दशन गरेको छ ।

शुक्रबार राजधानीको शान्तिबाटिकामा भएको कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता लेखेको ब्यानर जलाएका थिए । कोणसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले कोटको खल्तीबाट धर्म निरपेक्षता लेखेको ब्यानर जलाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा प्रहरीले राप्रपाका केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, महासचिव गुणराज राजभण्डारी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने लगायत राप्रपाका दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । अध्यक्ष राणालाई भने कार्यकर्ताले घेराबन्दीका साथ सुरक्षित रुपमा कार्यक्रमबाट बाहिर निकालेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);