मंलगवा बजार अस्तव्यस्त, बजार ध्वस्त पार्न खोजिएको स्थानीय गुनासो | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

मंलगवा बजार अस्तव्यस्त, बजार ध्वस्त पार्न खोजिएको स्थानीय गुनासो

सर्लाही, २ फागुन । सर्लाही सदरमुकाम मलंगवा बजार अस्तव्यस्त अवस्थामा छ । बजारको व्यवस्थापन गर्नुको सट्टा दिनप्रतिदिन अव्यवस्थित र साँघुरो हुदै गएको हो । सडक बनाउने नाममा बजारलाई ध्वस्त पारीएको स्थानीयको गुनासो छ ।

वि.स १९८० मा तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशमशेर जवराद्धारा सर्लाहीको मलगवा वजारलाई विस्तार गरिएको थियो । तर अहिले ट्राफिक व्यवस्थापन गर्न नसक्दा साँघुरो सडकमा जथाभावी पार्किङले पैदल आवत जावतमा समस्या हुँदै आएको छ । अहिले नगरभित्रको डेढ किलोमीटरसम्मको मुख्य बजार अव्यवस्थित भएको छ । सडक फराकिलो नहुँदा जथाभावी पार्किङ, भवन, घर तथा टहरा निर्माणले बजारक्षेत्र झनै साघुरो हुँदै गएको छ । नगरपालिका कार्यालयको बेवास्ताका कारण बजार क्षेत्र अस्तव्यस्त भएको स्थानीयले बताएका छन् ।

सडक निमार्ण कार्यलाई व्यवस्थित तथा बजार जोखिम रहित क्षेत्र बनाउन वि.स २०६९ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सर्वपक्षिय बैठक गरिएको थियो । बैठकले नगरपालिका कार्यालयको सहरी मापदण्ड अनुसार रिङ्गरोडको २० देखि २४ मिटर सम्म भएकोले उक्त बाटो सजिलो हुने ठहर गरेको थियो । २०६७ सालमा फेरी यसलाई नवलपुर मलंगवा सडकखण्डको आयोजनामा पारियो तर निर्माण कार्यमा चासो नदेखाउदा बजार अव्यवस्थित भएको हो ।

बैकल्पिक सडकको रुपमा रिंगरोड, हुलाकी राजमार्ग प्रयोग गर्न नसके सदरमुकामको मुख्य चौकहरुको ९० बर्ष सम्मको उपलब्धि नष्ट हुने नागरिक समाजको भनाई छ । तर मलंगवा बजार आफैमा सानो क्षेत्र भएकोले सडक फराकिलो बनाउने नाममा भएका संरचनाहरु नै ध्वस्त हुने हुने खतरा रहेको कारण व्यवस्थापनमा समस्या भएको उद्योग वाणिज्य संघ मलंगवाले जनाएको छ ।

मलंगवा बजार संरक्षण दिर्घकालिन योजनामा रिङ्गरोडको बाटोलाई बैकल्पिक बाटो प्रयोग गरि बजारक्षेत्र भित्र यातायात बस ट्रक सर्वसाधारणको चापलाई कम गर्न सकिने स्थानीयको सुझाव छ । बजार संरक्षण सुधारको धेरै आधार हुदाहुँदै पनि मलंगवा नगरपालिकाको बेवास्ताका कारण सहरी मापदण्ड अनुसार बजारक्षेत्रको ट्राफिक व्यवस्थापन र ढल ब्यवस्थापनमा मलङ्वा नगरपालिले पहल गर्नुपर्ने नगरवासीको माग छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);