ट्रकको ठक्कर बाट एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रकको ठक्कर बाट एकको मृत्यु

death

सर्लाहि, २ फागुन । सर्लाहिको पूर्व पश्चिम लोकमार्ग अन्र्तगतको लालबन्दीमा ट्रक र मोटरसाईकल एकआपसमा ठोकिदा एकको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका ७ स्थित टेक्सास अस्पताल अगाडि पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २११८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा १० प ५०९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक लालबन्दी नगरपालिका ६ बस्ने ३५ वर्षीय संजिव कार्कीको मृत्यु भएको हो ।

शनिबार राति भएको दुर्घटनाबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागि टेक्सास अस्पताल पुुर्याएको केही बेरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी मदन कुवँरले जानकारी दिनुुभएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटना भए लगत्तै ट्रक चालक फरार रहेको र निजको खोजी कार्य भइरहेको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);