आइतबारदेखि दोस्रो चरणको खोप, जनप्रतिनिधि र कर्मचारी प्राथमिकतामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आइतबारदेखि दोस्रो चरणको खोप, जनप्रतिनिधि र कर्मचारी प्राथमिकतामा

काठमाडौं, २ फागुन । आजदेखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिका लागि कोरोनाबिरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा दोस्रो प्राथमिकतामा परेकाहरुलाई आजदेखि फागुन ८ गतेसम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले माघ १४ गतेदेखि कोरोनाबिरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा कोरोना महामारीबिरुद्ध खटिएका फ्रन्टलाइनर कर्मचारीलाई खोप दिइएको थियो ।

दोस्रो प्राथमिकतामा सरकारी तथा निजी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिन लागिएको हो । यसका लागि देशभर २ सयभन्दा बढी खोपकेन्द्र तोकिएको छ ।

मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयम्सेविका, एम्बुलेन्स तथा शवबाहन चाकलहरुले पनि खोप लगाउन सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);