बेलायतमा कोरोना खोपको प्रयोग सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बेलायतमा कोरोना खोपको प्रयोग सुरु

एजेन्सी, २३ मंसिर । बेलायतमा मंगलबारदेखि आममानिसमा कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । अमेरिकी कम्पनी फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोप पहिलो चरणमा बेलायतभरका ५० वटा अस्पतालबाट दिन सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिला फाइजरको कोरोना खोप लगाउने पहिलो व्यक्ति बनेकी छिन ।कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलमा ९० वर्षीया मार्गरेट कीननलाई पहिलो पटक कोरोना खोप दिइएको हो ।

मंगलबार कोरोनाविरुद्धको पहिलो डोजको खोप लगाएकी कीननले दोस्रो डोज २१ दिनपछि लगाउनेछिन् ।स्कटल्यान्ड र वेल्सले पनि मंगलबारदेखि खोप वितरण सुरु गरेका जनाइएको छ । बेलायतमा पहिलो चरणमा आउँदो सातासम्म ८ लाख डोज खोप दिइने छ ।

बेलायतमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी,८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा रहेका जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);