युरोपियन युनियनमा आवद्ध देशमा पनि कोरोना बिरुद्धको खोप अभियान सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

युरोपियन युनियनमा आवद्ध देशमा पनि कोरोना बिरुद्धको खोप अभियान सुरू

एजेन्सी, १२ पुष । युरोपेली युनियन इयूमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोरोना विरुद्धको खोप अभियान शुरु गरिएको छ । युरोपका केही मुलुकमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप लगाउन शुरु गरिएको हो ।

फाइजर–बायोएनटेकले विकास गरेको खोप कोरोनाबाट सर्वाधिक प्रभावित मुलुकहरु इटाली, स्पेन र फ्रान्समा शनिबार पहिलो डोजका लागि खोप पुगेको बताइएको छ । पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरुको हेरचाहमा खटिने व्यक्तिहरुलाई दिइने जनाइएको छ ।

रुस, चीन, बेलायत, क्यानाडा, संयुक्तराज्य अमेरिका, स्वीट्जरल्यान्ड, सर्बिया, सिंगापुर र साउदी अरेबियामा पनि खोप अभिायन शुरु भइसकेको छ । बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ स्वरुप र युरोपदेखि जापानसम्म पुगेको भन्दै तनाबको वातावरण सिर्जना भएको छ ।

Leave a Reply