निर्माण सम्पन्न नहुँदै भत्कियो नाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

निर्माण सम्पन्न नहुँदै भत्कियो नाला

nala nirman

सिरहा, ७ बैशाख । सिरहा नगरपालिका ११ भलुवाहीमा निर्माण सम्पन्न नहुँदै नाला भत्किएको छ । नाला निर्माणको ठेक्का पाएको रोशन कन्स्ट्रक्सनले कमसल सामाग्रीको प्रयोग गरेकाले काम सम्पन्न नुहँदै ६० मिटर नाला भत्किएको हो ।

निर्माण कम्पनीले गुणस्तरहीन सामाग्रीको प्रयोग गरेपछि स्थानीयले विरोध गरेका छन् । स्थानीयको विरोधपछि निर्माण कार्य रोकिएको छ । सडक डिभिजन कार्यालय लहानले अनुगमनका लागि टोली खटाएर मापदण्ड अनुसार निर्माण गर्न निर्देशन दिएको छ । रोशन कन्स्ट्रक्सनले १ करोड १० लाखमा १ हजार मिटर नाला बनाइरहेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);