प्रदेश ३ को मुख्यमन्त्रीमा उम्मेदवारी दिने राजेन्द्र पाण्डेकाे घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

प्रदेश ३ को मुख्यमन्त्रीमा उम्मेदवारी दिने राजेन्द्र पाण्डेकाे घोषणा

काठमाडौं, २५ माघ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री राजेन्द्र पाण्डेले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता पाण्डेले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा आफू योग्य रहेकाले उम्मेदवारी दिने बताए । शुक्रबार एमालेले प्रदेश नम्बर ३ को पार्टी संसदीय दलको नेता चयन गर्दैछ ।

नेता पाण्डेले सकेसम्म सहमतिमा आफू दलको नेता बन्न कोशिस गर्ने स्पष्ट पारे । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउन जलस्रोत र पर्यटन क्षेत्रको विकासमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । नेता पाण्डेले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई नहुने बताए ।

यसै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल एकीकृत पार्टीको अध्यक्ष बन्ने बताए । उनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने बताए । नेता बिडारीले एमालेसँग पार्टी एकताका लागि केही समय लाग्ने सक्ने पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);