डोरमणि पौडेललाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

डोरमणि पौडेललाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुला

प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् ।

सर्वसम्मत दलको नेता चुनिने सम्भावना नभएपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भएको निर्वाचनमार्फत पौडेल निर्वाचित भएका हुन् । ३४ मत प्राप्त गरेर पौडेल विजयी हुँदा उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गरिन । दलको नेतामा विजयी पौडेल एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । दलका नेतामा पराजित शाक्यले भने माधव नेपाल समूहबाट उम्मेदवारी दर्ता गराएकी थिइन् ।

यसअघि संसदीय दलको नेताका प्रमुख आकांक्षीका रुपमा रहेका राजेन्द्र पाण्डेले भने उम्मेदवारी दर्ता गराएनन् । संसदीय दलको नेतामा चुनिएसँग पौडेललाई प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश ३ को मुख्यमन्त्री पद एमालेकै भागमा परेको छ । एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । दलको नेता निर्वाचित भएपछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार निर्वाचन भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए । उनले प्रदेश राजधानीसम्बन्धी विवाद कानुनअनुसार हल गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रदेश नम्बर ३ प्रदेशसभाको सभामुखको भूमिका निर्वाह गर्दै आएका पौडेल मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा विजयी भएका थिए । हेटौँडाका विकास योजनाकार पौडेल २०६४ र २०५४ सालमा हेटौँडा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । ७० वर्षीय पौडेल ३७ वर्षयता राजनीतिमा सक्रिय छन् । उनले २०५४ सालदेखि नेपाल नगरपालिका संघको नेतृत्व सम्हाली रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);