प्रदेश ३ मा एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रदेश ३ मा एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी

काठमाडौं, २६ माघ । प्रदेश नम्बर ३ मा एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन्।

प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यलाई १० मतले पराजित गर्दै पौडेल विजयी हुनु भएका हुन् । संसदीय दलको नेता चयन गर्न भएको चुनावमा पौडेलले ३४ मत र शाक्यले २४ मत प्रप्त गरेका छन् । संसदीय दलको नेतामा निर्वाचित भएसँगै पौडेल प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

उता प्रदेश नम्बर १ मा संसदीय दलको नेताका लागि पार्टी सचिव भीम आचार्य र पूर्व मन्त्री शेरधन राईको उम्मेदवारी परेको छ । दलको नेतामा दाबी गर्दै आएका जीवन घिमिरेले भने उम्मेदवारी दर्ता नगराएको हाम्रा सम्वाददाताले जनाएका छन् । यो प्रदेशमा एमालेका ५१ जना सांसद छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);