प्रदेश नम्बर ३ र ५ मा सरकार गठनको प्रक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रदेश नम्बर ३ र ५ मा सरकार गठनको प्रक्रिया सुरु

bam ghathabandan

काठमाडौं, २८ माघ । बाम गठबन्धनले प्रदेश नम्बर ३ र ५ मा सरकार गठनको प्रक्रिया सुरु गरेका छन् ।  प्रदेश नम्बर ३ मा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र प्रदेश नम्बर ५ मा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन प्रक्रिया सुरु भएको हो ।

एमाले र माओवादी केन्द्रले आज प्रदेश प्रमुख उमाकान्त झालाई एमाले प्रदेशसभा संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश नम्बर ५ को मुख्यमन्त्री नियुक्त गर्न अनुरोध गरेका हुन् । एमाले संसदीय दलका नेता शंकर पोखरेल र माओवादी संसदीय दलका नेता कूलप्रसाद केसीसहित एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका नेता वर्षमान पुन लगायतका नेताहरु प्रदेश प्रमुख कहाँ पुगेका थिए ।

प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखले नियुक्त गर्ने व्यवस्था छ । प्रदेश ५ मा फागुन २ गते हुने सभामुखको निर्वाचन अगाडि नै तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्ने वाम गठबन्धनको तयारी छ । ८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१ र माओवादीका २० सांसद छन् ।

त्यस्तै नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रदेश ३ मा पनि सरकार गठनको प्रक्रिया सुरु गरेका छन् । एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भएलगतै सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश नम्बर ३ मा एमालेको एकल बहुमत छ ।

यद्यपि, माओवादी केन्द्रले पनि पौडेललाई नै समर्थन गरेको छ । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश प्रमुख अनुराधा कोइरालालाई पत्र लेखेर पौडेललाई समर्थन गरेको उल्लेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);