प्रदेश ५ मा तीन सदस्यीय मन्त्रिमण्डल गठन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश ५ मा तीन सदस्यीय मन्त्रिमण्डल गठन

बुटवल, ३ फागुन । प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले पद तथा गोपनियताको सपथ खाएका छन् । उनले प्रदेश प्रमुख उमाकान्त झाबाट सपथ खाएका हुन् । सपथ खाएसँगै उनले तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।

उनी पाँच नम्बर प्रदेशका एमाले संसदीय दलको नेता हुन् । प्रदेश ५ मा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन र एमालेका बैजनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । केसी र चौधरीले पनि बिहिबार नै प्रदेश प्रमुख झासमक्ष पद तथा गोपनीयताको सपथ लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);