एमाले हात्ति हो, हात्ति दुब्लाएर बाख्रा कहिल्यै हुँदैन : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले हात्ति हो, हात्ति दुब्लाएर बाख्रा कहिल्यै हुँदैन : ओली

kp oli

काठमाडौं, १७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताएका छन् ।

 

अध्यक्ष ओलीले एमालेसँग एक्लै प्रतिष्पर्धा गर्ने आँट नभएपछि सत्तारुढ दलहरुले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि मोर्चाबन्दी गरेको आरोप लगाए ।

 

शनिवार काठमाडौंमा आयोजित प्रदेश नम्बर २ स्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय जनताको हितमा लागि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा एमालेले जित्नैपर्ने अवस्था रहेको उनले बताए ।

 

अध्यक्ष ओलीले आसन्न सबै तहको निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दावी गरे । उनले प्रदेश नम्बर २ मा एमालेविरुद्ध भ्रम फैल्याइएको भन्दै त्यसलाई चिरेर अघि बढन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

 

एमालेसँग अरु दलले प्रतिष्पर्धा गर्नै नसक्ने ओलीको भनाई छ । ‘एमाले हात्ति हो, हात्ति दुब्लाएर बाख्रा जस्तो हुन नसक्ने’ अध्यक्ष ओलीको टिप्पणी छ ।

 

कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति हुनबाट कसैले पनि रोक्न नसक्ने दावी गरे ।

 

उनले मधेशका जनताको पक्षमा काम गर्ने पार्टी एमालेबाहेक अरु कोही नभएको बताए । नेता नेपालले बाढी र डुबान पीडितको राहतका लागि करिव १ करोड नगद सरकारलाई हस्तान्तरण गर्ने काम एमालेबाहेक अन्य दलले गर्न नसकेको स्मरण गरे ।

 

एमालेका महासचिव इश्वर पोखरेलले प्रदेश नम्बर २ को स्थानीय तहमा एमाले पहिलो शक्ति बन्ने दावी गरेका छन् । उनले प्रदेश नम्बर २ का सबै पार्टी नेता कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा जुटन आग्रह गरे । एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा करिव ६१ प्रतिशत स्थानमा आफ्नो पार्टी विजयी हुने दावी गर्दै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);