प्रदेश २ को सरकार निर्माणबारे फोरम र राजपाबीच सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश २ को सरकार निर्माणबारे फोरम र राजपाबीच सहमति

काठमाडौं, २७ माघ । प्रदेश २ को सरकार निर्माणबारे संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति भएको छ।

फोरमको केन्द्रिय कार्यालय तीनकुनेमा शानिबार भएको वार्तामा पद भागवण्डामा सहमति भएको हो । सहमतिअनुसार फोरमले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालय पाएको छ । राजपाले सभामुखसहित तीन मन्त्रालय पाएको छ ।

आज भएको सहमतिमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका महन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर पत्रअनुसार संघीय समाजवादी फोरम नेपालले मुख्यमन्त्री र उपसमामुखसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय   पाएको छ।

यसैगरी राजपाले सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रलाय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएको छ ।

यस्तो छ सहमति पत्र

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);